माओवादीबाट वडाध्यक्ष जितेका ऐरको राजीनामा : स्वतन्त्र उम्मेदवारी दिने, गोपी हमाललाई सघाउने
मकालु खबर
२०७९ वैशाख ११ गते
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी २०७४ सालमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए ।
माओवादीबाट उपमेयरका लागि सिफारिस भएका उनले अन्तिममा वडाध्यक्ष पनि नपाउने अवस्था आएपछि माओवादी छोडेर पुनः वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)लाई समर्थन गर्दै हमालकै टिमबाट उम्मेदवारी दिने बताएका छन् । ऐरसँगै वडाका २३ जना वडा कमिटी सदस्यसहित १७५ जनाले पार्टी परित्याग गरेका छन् ।
वडा नम्बर ३ मा वडाध्यक्षसहित वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको उनले बताए । उनी सुरुवातमा मेयरका आकाङ्क्षीसमेत थिए ।
मकालु खबर
२०७९ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित