यी हुन् एमालेबाट छानिएका मोरङका १६ पालिकाका प्रमुख, महानगर भने बाँकी

विराटनगर । विराटनगर महानगरपालिका र बेलवारी नगरपालिका मध्ये १६ वटा पालिकामा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मोरङका १७ मध्ये १६ वटा पालिकामा उम्मेदवार टुङ्गो लगाएको हो ।

नेकपा एमाले जिल्ला समितिका अनुसार मोरङको मिक्लाजुङमा अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार हुने भएका छन् । उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मिना पौडेल, रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा विष्टलाई बनाइएको छ भने उपप्रमुखमा दयन्ता चुँडाल बनाइने भएको छ।

सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम राजवंशी र मिरा दास उपप्रमुखको उम्मेदवार बन्ने भएका छन् । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बनाइएको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाइएको छ । यस्तै लेटाङको प्रमुखमा भूपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट पाएका छन् । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षको उम्मेदवार मनमाया मगर छन् ।

सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाईँ र उपप्रमुखमा अकली चौधरी, ग्रामथानमा शिवनारायण माझी र गुणावती धामी, बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुँवर विष्ट उम्मेदवार भन्ने छन् । कटहरिमा सुवास सरदार र सीता राजवंशी अध्यक्ष र उपाध्यक्ष हुनेछन् ।

यस्तै जहदा गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुवै महिला उम्मेदवार बनेका छन् । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार निश्चित भएको एमाले सचिव खतिवडाले जानकारी दिए ।

धनपालथानमा मुसहरु मण्डल र उपासीदेवी राजवंशी, रंगेलीको प्रमुखमा दिलीप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उम्मेदवार बनाएको छ । यस्तै बेलबारी नगरपालिकाको प्रमुखमा डीपी राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक चयन हुन बाँकी रहेको छ भने उपप्रमुखमा गंगा श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् ।

विराटनगर महानगरपालिकाको प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्की उम्मेदवार हुने निश्चित रहेको एमाले मोरङले जनाएको छ । केन्द्रले निर्णय गर्ने भएकोले केन्द्रको निर्णय पर्खिएको एमाले मोरङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *