धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता
२०७९ वैशाख ११ गते
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । ६ जना वडाध्यक्षका उम्मेदवारसहितसमर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।
हमालको प्यानलबाट वडा नम्बर ४ को अध्यक्षमा शिद्वराज पनेरू, वडा नम्बर ५ बाट पदम भट्ट, वडा नम्बर ९ बाट रमेशबहादुर बिस्ट, वडा नम्बर १४ बाट यम लामिछाने, वडा नम्बर १५ बाट कमलबहादुर ढाँट र वडा नम्बर १६ बाट निर्मलकुमार ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
हमालको टीमले आज पहिलो नम्बरमा मनोनयन दर्ता गराएको हो ।
२०७९ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित