गठबन्धनबाट पोखराको उपमेयर बिजुक्छे

२०७९ वैशाख १२ गते

पोखरा । सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा पोखराको उपमेयरमा सुरेन्द्रमान बिजुक्छे उठ्ने भएका छन्।
कांग्रेस पोखराका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयर उठाउने निर्णय कांग्रेसले गरेको हो। गठबन्धनको भागबण्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो। त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ।
गठबन्धनको उम्मेदवारी मनोनयन कार्यक्रम केहीबेरपछि नै पोखरामा शुरू हुने बताइएको छ।

२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित