एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता
मकालु खबर
२०७९ वैशाख १२ गते
धनगढी । एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारूले उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले पार्टी कार्यालयबाट नेता कार्यकर्ताका साथ बाजागाजासहित मुख्य निर्वाचन कार्यालय पुगेका चन्द र रानाथारूले उम्मेदवारी दर्ता गरेका हुन् ।
चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन् भने रानाथारु एमाले कैलालीकी नेतृ हुन् ।
यस्तै, आइतबार स्वतन्त्रबाट गोपाल हमाल र लोसपाबाट वसन्तबहादुर विश्वकर्माले मेयर पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।
अन्य दल पनि उम्मेदवारी दर्ताको तयारीमा छन् । निर्वाचन आयोगले साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने समयसिमा तोकेको छ ।
मकालु खबर
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित