लोसपाद्वारा विराटनगर महानगरका मेयर उपमेयरको उम्मेदवारी दर्ता

२०७९ वैशाख १२ गते

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित अधिकांश वडामा उम्मेदवारी दर्ता गराएको छ।
लोसपाले विराटनगर महानगरका मेयरमा मृत्युञ्जय मिश्रा र उपमेयरमा सहनाज खातुनको उम्मेदवारी दर्ता गरेको हो। चुनाव चिह्न साइकल रहेको लोसपाले पार्टीको तर्फबाट गठबन्धन नगरी मनोनयन दर्ता गरेको पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरले जानकारी दिएका छन्।

२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित