एनआईसी एसिया बैंकको ‘आईसर्भ’ प्लेटफर्म, डिजिटाइजेसनमा प्रभावकारी बन्दै

काठमाडौँ । एनआईसी एसिया बैंकले बैंकिङ कार्य प्रणालीको डिजिटाइजेसनका लागि सञ्चालनमा ल्याएको ‘आईसर्भ’ प्लेटफर्म डिजिटाइजेशनमा प्रभावकारी बन्दै गएको छ । बैंकको सेवा लिने सेवाग्राही र सेवा दिन बैंकका कर्मचारी अर्थात् सेवा प्रदायक दुबै पक्षका लागि यो प्लेटफर्मको प्रयोग बढ्दै गएको बैंकले जनाएको छ ।

आईसर्भबाट भौतिक उपस्थिति बिना नै अनेकौँ सुविधा लिन सकिने भएकोले यो आफैँमा एउटा भर्चुअल बैंक भएको र नेपालमा पहिलो पटक एनआएसी एसियाले सञ्चालनमा ल्याएकोले पनि प्रभावकारी देखिएको बैंकको भनाइ छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल बैंकिङमा जोड दिइरहेको र सूचनाप्रविधिको बढ्दो प्रयोगका कारण समेत बैंकले उक्त डिजिटल प्लेटफर्म उपयोगी देखिएको छ ।

बैंकका अनुसार आईसर्भ प्लेटफर्मअन्तर्गत ग्राहकले मोबाइल बैंकिङसम्बन्धी सेवाहरु, कार्डसम्बन्धी सेवाहरु, टेलरसम्बन्धी सेवाहरु, र ग्राहकसम्बन्धी सेवाहरु गरी ४ मुख्य विधामा वर्गीकरण गरेर विभिन्न २० ओटा सेवा उपलब्ध गरिँदै आएको छ ।

आईसर्भका ४ विधाभित्र २० सेवा

बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाइरहेको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङसम्बन्धी सेवाहरूभित्र नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट जस्ता सेवा लिन सकिन्छ ।

ग्राहक सम्बन्धी सेवाहरू भित्र ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेइमेन्ट जस्ता सेवा लिन सकिन्छ ।

टेलर सेवाअन्तर्गत नगद तथा चेक डिपोजिट भौचर भर्न पाइने सुविधा लिन सकिन्छ ।

कार्ड सम्बन्धी सेवाअन्तर्गत ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिड कार्ड रिप्लेसमेन्ट आवेदन र इस्टा बाई जस्ता सेवा लिन सकिन्छ ।

आगामी दिनमा सकेसम्म बढी डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बन्ने अठोट लिएको बैंकको योजना छ ।

भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मोबैंक र बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा ल्याएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *