मुस्ताङका ६ वडामा अध्यक्ष निर्विरोध निर्वाचित
पोखरा । मुस्ताङका २ स्थानीय तहबाट ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ३ जना र घरपझोङ गाउँपाकिलाका ३ वडामा निर्विरोध अध्यक्ष चुनिएका हुन् । दामोदरकुण्ड गाउँपाकिलाको १ नम्बर वडामा टसी ढिण्डु ठकुरी, २ नम्बर वडामा झ्याब्याङ तेन्जिङ गुरुङ र वडा नम्बर ३ बाट झ्याब्याङ छोसाङ गुरुङ निर्विरोध भए ।
तीनैजना एमालेका उम्मेद्वार हुन् । लो घेकर गाउँपालिकाको ४ वटा वडामा दलित महिला सदस्यमा भने कसैले उम्मेद्वारी दिएका छैनन् ।
यता, घरपझोङ गाउँपालिकाको वडा १ र २ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् भने वडा ५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएका हुन् । यि वडाहरुमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको थियो ।
वडा नम्बर १ मा आसबहादुर थकाली, २ मा मानबहादुर हिराचन र ५ मा प्रदीप थकाली निर्विरोध चुनिएका हुन् । लोमान्थाङ गाउँपालिकाका ४ वडामा दलित महिला सदस्यको उम्मेद्वार छैनन् ।