बागलुङको ताराखोलामा निवर्तमान अध्यक्ष घर्तीले दिए स्वतन्त्र उम्मेद्वारी
मकालु खबर
२०७९ वैशाख १२ गते
पोखरा । बागलुङको ताराखोला गाउँपालिकामा यसअघि माओवादी केन्द्रका नेता प्रकाश घर्तीले चुनाव जितेका थिए । ५ वर्ष अध्यक्ष भएर काम गरेका घर्तीले यसपटक भने स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
माओवादीले धनबहादुर विकलाई अध्यक्ष उम्मेद्वार बनाएको छ ।
जनअपेक्षा अनुसार काम गर्न नपाएको भन्दै घर्तीले बाँकी बाचा पूरा गर्न अध्यक्षमा उम्मेद्वारी दिएको बताए । उनलाई पार्टीको पालिका कमिटीले अध्यक्षमै सर्वसम्मत सिफारिस गरेको थियो । तर जिल्ला कमिटिले उनको नाम काटेर अर्कैलाई टिकट दिएको हो । उनले पार्टीबाट कारबाही भोग्न पनि तयार रहेको बताएका छन् ।
मकालु खबर
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित