स्थानीय तह निर्वाचन
कर्णालीमा ९ लाख ८ हजार मतदाता, ८ हजार ९ सय उम्मेदवार
२०७९ वैशाख १३ गते
सुर्खेत । निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार मनोनयन दर्ता भएको छ । आयोगले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आठ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आयोगका अनुसार कर्णाली प्रदेशमा हालसम्म प्रमुख पदमा एक सय ५९, अध्यक्ष पदमा दुई सय ६८, उपप्रमुख पदमा एक सय ३९ र उपाध्यक्ष पदमा दुई सय ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, वडाध्यक्ष पदमा दुई हजार दुई सय ५३, महिला सदस्य पदमा एक हजार पाँच सय १५, दलित महिला सदस्य पदमा एक हजार दुई सात सय ७७ र सदस्य पदमा तीन हजार एक सय ४० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
कर्णालीमा कुल मतदाता सङ्ख्या नौ लाख आठ हजार चार सय ३३ रहेको छ । जसमध्ये चार लाख ४९ हजार ३० महिला मतदाता, चार लाख ५९ हजार चार सय एक पुरुष मतदाता र दुई जना अन्य मतदाताको सङ्ख्या रहेको छ ।
२०७९ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित