दार्चुलामा दलित महिला सदस्यमा टमटा निर्विरोध निर्वाचित

२०७९ वैशाख १३ गते

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको दलित महिला सदस्यमा शोभा टमटा निर्विरोध निर्वार्चित भएकी छन्।
टमटा गाउँपालिकाको वडा नम्बर ३ मा दलित महिला सदस्यतर्फ निर्विरोध निर्वाचित भएकी हुन्। उक्त वडामा अरू कुनै पनि दलले उमेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएको नेकपा एमालेले दार्चुलाले जनाएको छ।
यससँगै, एमालेले दार्चुलामा निर्वाचित हुनेको पहिलो खाता खोलेको छ।

२०७९ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित