कुन दलबाट कुन पदमा कति पर्याे उम्मेदवारी ?
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो सङ्ख्यामा उम्मेदवारी परेको हो ।
यो सङ्ख्या मंगलबार राती ९ बजेसम्मको भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।
वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा एमाले बाट परेको छ ।
कुन दलबाट कुन पदमा कति पर्याे उम्मेदवारी ?
स्थानीय तहको प्रमुख पदतर्फ
स्थानीय तहको प्रमुख पदमा मंगलबार रातिसम्म रुजु भएको विवरणअनुसार ३ हजार ६ सय ६६ जनाको उम्मेदवारी परेको छ । १ हजार ३ सय ७६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी, नेकपा एमालेबाट स्थानीय तहको प्रमुख पदमा २ सय ८८ जनाको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट सो पदमा २ सय ६३ जनाको उम्मेदवारी परेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सोही पदमा २ सय ४८ जनाको उम्मेदवारी पर्दा अन्य दलबाट १ हजार २ सय ९१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको उपप्रमुख पदतर्फ
स्थानीय तहको उपप्रमुख पदतर्फ २ हजार १ सय ३६ जनाको उम्मेदवारी मंगलबार राति अबेरसम्म रुजु भएको छ । जसमा ३ सय ९५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, एमालेबाट २ सय ८३ जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट २ सय २७, कांग्रेसबाट २ सय १० र अन्य दलबाट १ हजार २१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
स्थानीय तहको अध्यक्ष पदतर्फ
स्थानीय तहको अध्यक्ष पदमा मंगलबार राति अबेरसम्म ३ हजार ३ सय ७८ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यसैगरी एमालेकातर्फबाट ४ सय ४६, कांग्रेसबाट ३ सय ८२ नेकपा माओवादी केन्द्रबाट २ सय ९१ र अन्य दलबाट १ हजार २ सय ३५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले बताएको छ ।
स्थानीय तहको उपाध्यक्ष पदतर्फ
स्थानीय तहको उपाध्यक्ष पदतर्फ देशभरमा मंगलबार राति अबेरसम्म २ हजार ३ सय ९२ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेका तर्फबाट ४ सय ४५ जनाको उम्मेदवारी परेको छ भने ३ सय ६१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यस्तै कांग्रेसकातर्फबाट ३ सय ५९, माओवादी केन्द्रका तर्फबाट ३ सय १४ र अन्य ९ सय १३ जनाको उम्मेदवारी परेको आयोगले भनेको हो ।
वडा अध्यक्ष पदतर्फ
वडा अध्यक्षतर्फ देशभरमा मंगलबार राति अबेरसम्म निर्वाचन आयोगको कम्प्युटर प्रणालीमा ३९ हजार ९ सय ५८ जनाको विवरण इन्टी भएको छ । जसअनुसार एमालेका ६ हजार ४ सय ७० जना उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगमा रुजु भएको छ । यसैगरी कांग्रेसका ६ हजार ७९, स्वतन्त्र ५ हजार ८ सय ३३, माओवादी केन्द्रबाट ४ हजार ३ सय ८६ र अन्य दलबाट १२ हजार १ सय ९० जनाको वडाध्यक्ष पदका लागि उम्मेदवारी परेको हो ।
महिला सदस्य पदतर्फ
महिला सदस्य पदतर्फ देशभर २६ हजार ८४ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेका तर्फबाट ६ हजार ३ सय २ सय १९ कांग्रेसका तर्फबाट ५ हजार ६ सय ९९, माओवादी केन्द्रका तर्फबाट ४ हजार ८१ सय ११, राप्रपाका तर्फबाट २ हजार ८९ र अन्य दलबाट ७ हजार ५ सय ६४ जनाको उम्मेदवारी परेको छ ।
दलित महिला सदस्य पदतर्फ
दलित महिला सदस्य पदतर्फ देशभर २३ हजार ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेबाट ६ हजार १ सय १५, कांग्रेसबाट ५ हजार ७ सय ३४, माओवादी केन्द्रबाट ३ हजार ८ सय ३६, राप्रपाबाट १ हजार ६ सय ३४ र अन्य दलबाट ६ हजार १ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सदस्य पदतर्फ
सदस्य पदतर्फ देशभर ५४ हजार ७ सय २ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेबाट १२ हजार ६ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै कांग्रेसबाट ११ हजार ९ सय ४८ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ८ हजार ५ सय ४६ जनाको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाबाट ४ हजार ६ सय ३४ र अन्य दलबाट १६ हजार ८ सय ९४ जनाको सदस्य पदमा उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।