पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेनलाई सम्मान गर्दै
काठमाडौँ । पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ।
२०७८ सालभरि उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन्। ‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथीहरूले सधैँ हामीलाई हाम्रो परिवारझैं साथ दिनुभएको छ’, हमाल थप्छिन्, ‘उहाँहरूको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ।’
सबै कामलाई सम्मान गरौँ, एउटै नजरले हेरौँ र सोचमा सकारात्मक परिवर्तन ल्याऔँ’ भन्ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ। पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरूलाई प्रोत्साहन गर्न आयोजनाको तयारी गरिएको कार्यक्रम यही वैशाख १८ गते (मे १) श्रम दिवसको दिन हुने बताइएको छ। कार्यक्रमलाई आगमी वर्षहरूमा पनि निरन्गतरता दिइने हमालले जानकारी दिइन्।