गर्भवती महिलालाई करणी गरी फरार अभियुक्त पक्राउ

२०७९ वैशाख १५ गते

काठमाडौँ । गर्भवती महिलालाई करणी गरी ४० दिनदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ।
गर्भवती महिलालाई विभिन्न डर-त्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- २ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका- २ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई आज बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। गत चैत ८ गते नागढुंगास्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो।
अभियुक्त शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौँ पठाइएको छ।

२०७९ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित