नबिल बैंकको १४ नयाँ शाखा एकै दिन उद्घाटन
काठमाडौँ । नबिल बैंकले एकै दिन १४ नयाँ शाखाकाे विस्तार गरेकाे छ ।
बिहीबार धुम्बाराही मालीगाउँ काठमाडाैँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।
उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ्ग सुविधा लिन सक्नुहुनेछ ।
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ ।
देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल यस नबिल बैंकले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ ।
यस्ता छन् नयाँ शाखा कार्यालय
१. धुम्बाराही मालीगाउँ काठमाडौं महानगरपालिका ५, काठमाडौं
२. जीतपुर जितपुरसिमरा उपमहानगरपालिक ७, बारा
३. दुवाकोट चाँगुनारायण नगरपालिका २, भक्तपुर
४. गुसिंगाल ललितपुर महानगरपालिका १, ललितपुर
५. इमाडोल महालक्ष्मी नगरपालिका ४, ललितपुर
६. थलि डाँछी कागेश्वरी मनोहरा नगरपालिका ५, काठमाडौं
७. चिसापानी हेटौंडा उपमहानगरपालिका १६, मकवानपुर
८. पुष्पलाल चोक विराटनगर महानगरपालिका ३, मोरङ
९. मुर्गिया सैनामैना नगरपालिक वडा नं. ३, रुपन्देही
१०. खैरेनी देवदह नगरपालिक वडा नं.६, रुपन्देही
११. झुम्का रामधुनी नगरपालिका वडा नं.८, सुनसरी
१२. महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५, धनुषा
१३. ढल्केबर मिथिला नगरपालिका वडा नं. ६, धनुषा
१४. दहचोक चन्द्रागिरी नगरपालिका वडा नं. १, काठमाडौं