मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोटबुक सहयोग
मकालु खबर
२०७९ वैशाख १७ गते
काठमाडौं । मेगा बैंकले संस्थागत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोटबुक सहयोग गरेको छ ।
मेगा बैंक कुलेश्वरका शाखा प्रबन्धक सुनिल चौलागाईले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोटबुक हस्तान्तरण गरेका हुन् ।
स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग गरेको बैंकले जनाएको छ ।
मकालु खबर
२०७९ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित