अछामको मेल्लेखमा एमाले र समाजवादीबीच चुनावी तालमेल

धनगढी । अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समताजवादीबीच चुनावी तालमेल भएको छ । पार्टी विभाजन भएदेखि एक अर्कालाई निषेध गरिरहेका दुई पार्टीबीच गाउँपालिकामा चुनावी तालमेल भएको हो ।

सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीबीच तालमेलबारे समहमति भएको एमाले अछामका सचिव भीमवहादुर रावलले बताए । सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

सातवटा वडा रहेको पालिकामा छ वडा एमाले र समाजवादीले एउटा वडाको अध्यक्षको उम्मेदवार उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *