विराटनगरसँग सीमा जोडिएको क्षेत्रमा गोली चल्यो

विराटनगर । भारतीय सुरक्षा बल एसएसबीले नेपाल भारत सीमा क्षेत्रमा गोली चलाएको छ।

विराटनगरमहानगरपालिका वडा नम्बर १८ ईस्लामपुर क्षेत्रमा गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार दिउँसो करिब २ बजे भारतीय सुरक्षा बल एसएसबीले गोली चलाएका हुन् । ड्युटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको स्थानीयको भनाईछ । ति एसएसबीे मदिरा सेवन गरेर गोली चलाएको हुनसक्ने स्थानीयको भनाई छ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले सिमा क्षेत्र नजिकै गोली चलेको पुष्टि गरे । ‘गोली चलेको क्षेत्र नेपाल भारत सीमा क्षेत्र भन्दा टाढा रहेको छ, उनले भने, नेपाल तर्फको ईस्लामपुरबाट करिब १०० मिटर भारतीय सिमा तर्फ गोली चलेको हो ।

’ उनीहरुको आन्तरिक समस्याको कारण गोली चलेको हुनसक्ने प्रजिअ दाहालको भनाई छ। अहिले त्यो क्षेत्रको अबस्था सामान्य रहेको जानकारीमा आएको उनले बताए । घटनाको बारेमा कुनै त्यस्तो कुनै क्षती नभएको जानकारी प्राप्त भएको उनले सुनाए । स्थानीयले भने होहल्ला गरेर एसएसबिका एक जनाले गोली चलाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *