विराटनगरमा मतपत्र कस्तो हुने भन्ने अन्यौल

विराटनगर । निर्वाचन आयोगले महानगरपालिकाको मतपत्र कस्तो हुने भन्ने बारेमा आधिकारीक धारणा नदिँदा निर्वाचन अधिकृतको कार्यालयमा अन्यौलता बढेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दैनिक २ सय बढी उम्मेदवारहरू मतपत्र कस्तो हुने भनेर जानकारी लिनका लागि आउने गरेको भएपनि आयोगले निर्णय नगर्दा समस्या भएको कार्यालयले जनाएको छ ।

बिराटनगर महानगरपालिकाको मतपत्र कस्तो हुने भनेर अहिलेसम्म जानकारी नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘दैनिक २ सय जना उम्मेदवारले सोध्ने गर्नु भएको छ’, उनले भने, ‘मतपत्र कस्तो हुने भन्नेमा हामी नै अन्यौलमा छौँ ।’ आजसाँझसम्म पनि मतपत्र कस्तो हुने भन्नेमा अन्यौल रहेको कार्यालयले जनाएको छ ।

मतपत्र सात लाइन हुने भनेर परिपत्र गरिएको थयो । जस अनुसार ५२ लाईन हुने भनिएको छ तर विराटनगर महानगरपालिकाको हकमा ३१ लाईन मात्र हुने भएपछि निर्वाचन आयोगमा पठाइएकोमा कुनै निर्णय नआएको कार्यालयले जनाएको छ ।

‘विराटनगर महानगरपालिकामा १९ दलको उम्मेदवार र १२ लाईन स्वतन्त्र रहेको अबस्था छ, बुढाथोकीले भने, दुबैगरि ३१ लाइन मात्र हुने देखिन्छ ।’ आयोगले स्पष्ट खाका नपठाउँदा अन्योलता बढेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार नै उम्मेदवारको चुनाव चिन्ह निर्वाचन आयोगमा पठाइसकेको भएपनि आयोगले मतपत्र कस्तो हुने भन्नेमा केही भनेको छैन । मतपत्र कस्तो हुने भन्ने बारेमा अन्यौलताका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय भने अहिले कर्मचारी व्यवस्थापनको काममा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *