वायुसेवा निगमको स्पष्टोक्ति, ‘यातना दिइएको छैन’
मकालु खबर
२०७९ वैशाख २० गते
काठमाडौँ । नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्टीकरण दिएको छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्याइएको जनाएको छ। अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासि आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताएका छन्।
कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिएका छन्।
मकालु खबर
२०७९ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित