डिशहोमका ग्राहकले जिते एक लाख

काठमाडौँ । ‘एक वर्षमा २४ महिना’ योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने डिशहोम कम्पनीले जनाएको छ ।

साथै यो योजनामा सहभागी मध्ये हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले ? एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

कम्पनीका अनुसार यसै योजना अन्तर्गत वैशाख १९ गते गरिएको लक्कीड्रमा भएका ग्राहकले ? एक लाख जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने छ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *