सिद्धार्थ बैंककले ल्यायो प्लाटिनम प्लस बचत खाता, वार्षिक ८.०३ प्रतिशत ब्याज
मकालु खबर
२०७९ वैशाख २१ गते
काठमाडौँ । सिद्धार्थ बैंकले वार्षिक ८.०३ प्रतिशत ब्याज दिने गरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकका लागि यो बचत योजना उपयोगी हुने बैंकले जनाएको छ ।
आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकले मासिक रुपमा ब्याज भुक्तानी पाउने छन् । त्यस्तै, प्रायोरिटि बंैकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशत छुट छुट (पहिलो वर्षको लागि),
पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैैंकिङ्ग, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याटरमेरो सेयररसि(आस्वा, प्रिपेड यूएसडी ई–कम कार्ड जस्ता सेवा निःशुल्क पाउने बैंकले जनाएको छ ।
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
मकालु खबर
२०७९ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित