समाजवादी ठाँटीकाँधको सिंगो पालिका कमिटी नै एमालेमा समाहित

सुर्खेत । दैलेख ठाँटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ।

आज बुधवार एमाले ठाँटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम शाही र गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी पार्टी ठाँटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरेका हुन्। ठाँटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको समाजवादी पार्टीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय रहने र नेकपा एमालेतर्फका उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउन नेकपा एकीकृत समाजवादी पार्टी एकतासहित नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटीमा समाहित भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *