सुन्दरहरैँचामा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका ११ शुक्रबारेमा भेटिएको भनिएको शंकास्पवद वस्तु नक्कली भएको पुष्टि भएको छ ।

एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकै बारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको अनुसन्धानमा त्यो नक्कली तर्साउनको लागि रािखएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाइसकेको उनले जानकारी दिए । ‘उक्त वस्तु तर्साउने उद्देश्यले राखिएका नक्कली बम भएको बताएको छ’, उनले भने, ‘बमजस्तो देखिएकाले स्थानीय त्रसित देखिन्थे ।’ कुकुरभित्र नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा र ढुङ्गा भेटिएको एसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *