हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने
मकालु खबर
२०७९ वैशाख २२ गते
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने भएको छ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेपछि चुक्ता पूँजी पुर्याउन यी दुई बीमा कम्पनी गाभिने भएका हुन् ।
यी दुई संस्था मर्जरमा जान बिहीबार एक कार्यक्रममा बीच सम्झौता भएको छ । सम्झौता पत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।
हिमालयनको एक कित्ता सेयर बराबर एभरेष्टको पनि १ कित्ता सेयर नै हुने गरी (१ः१)को अनुपातमा यी दुई कम्पनी मर्जरमा जाने भएको बताइएको छ ।
मर्जरपपिछ बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने भएको छ ।
मकालु खबर
२०७९ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित