नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम–१०२ अन्तर्गत युएसडीएमा सूचीकृत

काठमाडौँ । नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर(युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्य क्युएमडी जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरण गर्न  युएसडीएसँग सम्झौता गरेको छ ।

नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो बैंक भएको जनाएको छ ।

यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । युएसडीए कार्यक्रम अन्तर्गत सामान आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा महत्वपूर्ण कार्य भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *