बैतडीमा २७ वर्षीय युवकको हत्या

२०७९ वैशाख २३ गते

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ।
श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। आज दिउँसो १ बजे खानेपानीका विषयमा विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन्। आरोपित वीरेन्द्रलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

२०७९ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित