प्रचण्डकाे आराेप- ‘ओलीकै कारण मधेशकाे पक्षमा संविधान संशाेधन हुन सकेन’

धनुषा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीका कारण संविधान स‌शाेधन हुन नसकेकाे बताएका छन् । शनिवार धनुषा आएका उनले आफू मधेशी जनताका लागि नै संविधान स‌शाेधनकाे पक्षमा रहेकाे बताए । ‘म प्रधानमन्त्री हुँदा २ पटक संविधान संशाेधनकाे प्रस्ताव गरेकाे थिएँ,’ उनले भने, ‘तर केपी ओलीकै कारण संविधान संशाेधन हुन सकेन । मधेशकाे समस्या, मधेशी जनताका समस्याकाे समाधान हुन सकेन ।’

प्रचण्डले नागरिकताकाे समस्या पनि चाँडै समाधान गर्ने आश्वासन दिए । ‘ओलीकै कारण नागरिकताकाे समस्या पनि समाधान भएकाे छैन,’ उनले भने, ‘यसकाे समाधान पनि हामी चाँडै गर्न चाहन्छाैँ । याे भनेकाे माओवादीकाे एजेन्डा नै पनि हाे ।’

उनले मधेशी जनताका लागि माओवादीले शुरूदेखि नै मुद्दाहरू उठाउँदै आएकाे जिकिर पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *