प्रदेश सांसदको सरकारी गाडीमा एमालेको झण्डा, स्थानीयले लिए नियन्त्रणमा
२०७९ वैशाख २५ गते
धनगढी । नेकपा एमालेका एवम् सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा गाडेको भन्दै धनगढी-१९ मा नेपाली काँग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।
प्रदेश सांसद चौधरी आफै सवार रहेको से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनले गाडी सुविधा पाएका थिए ।
२०७९ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित