छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी
मकालु खबर
२०७९ वैशाख २६ गते
काठमाडौँ । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ।
दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत् सुरक्षाकर्मी पठाइएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत् निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए।
तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत् लगिएको उनले बताएका छन्।
मकालु खबर
२०७९ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित