देउवा मतदान गरेर मात्रै काठमाडौँ फर्किने
मकालु खबर
२०७९ वैशाख २७ गते
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै काठमाडौँ फर्किने भएका छन् । उनी सोमबार कैलालीको चुनावी सभालाई सम्बोधन गरेर गृह जिल्ला डडेल्धुरा गएका थिए ।
उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौँ फर्किने भएका हुन् । देउवाले आज गृह जिल्लामा हुने चुनावी दुईवटा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौँ चितवन, दाङलगायत विभिन्न स्थानमा भएका सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
मकालु खबर
२०७९ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित