बुटवलस्थित मुक्तिनाथधाममा गृहमन्त्री खाँणद्वारा पूजा आराधना

२०७९ वैशाख २७ गते

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज सोमबार पूजा आराधना गरेका छन्।
पूजा आराधनाका लागि मन्दिर पुगेका गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका छन्। गृहमन्त्री खाँणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिएका छन्।
गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेका अनुसार गृहमन्त्री खाँणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुगेका थिए।

२०७९ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित