दार्चुलामा सर्पले टोकेर ४ वर्षीय बालकको मृत्यु

२०७९ वैशाख २७ गते

काठमाडौँ । दार्चुलामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।
जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

२०७९ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित