सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का
मकालु खबर
२०७९ वैशाख २८ गते
काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ। भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ।
यसअघि, यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
मकालु खबर
२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित