राजदूत शर्माद्वारा भारतीय राष्ट्रपति कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र पेस

२०७९ वैशाख २८ गते

काठमाडौँ । आज बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा राजदूत शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। प्रमाणपत्र बुझाउने क्रममा राजदूत शर्माले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन आफूले प्रयास गर्ने बताएका छन्।
ओहोदाको प्रमाणपत्र बुझ्दै भारतीय राष्ट्रपति कोविन्दले राजदूत शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित