मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

२०७९ वैशाख २८ गते

काठमाडौँ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।
महासङ्घले निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। महासङ्घले आज एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो।
शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ। निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित