वडाध्यक्षका उम्मेदवार पैसा बाँडिरहेको अवस्थामा पक्राउ
मकालु खबर
२०७९ वैशाख २९ गते
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पैसा बाँडिरहेको अवस्थामा एक वडाध्यक्ष पदका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेकालाई प्रहरीले नियन्त्रणका लिएको हो ।
पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन बिसी रहेको छन् । बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो ।
प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख एक हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डिएसपी तथा प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।
मकालु खबर
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित