अभिनेत्री कंगना रणावतमाथि लागेको देशद्रोहको मुद्दा एक वर्षपछि खारेज

२०७९ वैशाख २९ गते

काठमाडौँ । सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएका कारण चर्चित बलिउड अभिनेत्री कंगना रणावतमाथि लागेको देशद्रोहको मुद्दा खारेज भएको छ।
भारतको धनबाद अदालतले उनीविरुद्ध लागेको देशद्रोहको आरोप खारेज खारेज गरेको हो। हिजो बुधबार अदालतले कंगनाविरुद्ध लागेको देशद्रोहको मुद्दालाई अघि बढाउन पर्याप्त प्रमाण नपुगेको भन्दै खारेज गरेको हो। उनको मुद्दालाई न्यायाधीश सिद्धान्त तिग्गाले खारेज गरेका हुन्। समाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिकाविरुद्ध यो मुद्दा गत वर्ष नोभेम्बरमा दर्ता गरिएको थियो।

२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित