प्रदेश १ मा ३३ लाख ४७ हजारले मतदान गर्ने, कुन जिल्लाको अवस्था कस्तो ?

विराटनगर । आज बिहान ७ बजेदेखि शुरु हुने मतदानमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जनाले मतदान गर्दैछन् । १ हजार ८ सय ७७ मतदान स्थलमा ४ हजार ५१ मतदान केन्द्र मार्फत मतदान गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालय प्रदेश १ का अनुसार १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ५६१ जना महिलाले मतदान गर्नेछन् । यी मतदाता मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा रहेको निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिए ।

मोरङ जिल्लामा ७ लाख १५ हजार २२३ जना मतदाताले ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान गर्नेछन् । मोरङ पछि सबैभन्दा धेरै मतदाता झापामा रहेका छन् । झापामा ६ लाख ४६ हजार २३४ जना र सुनसरीमा ५ लाख ३४ हजार ७६५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

झापामा २८६ मतदान स्थलमा ७५५ मतदान केन्द्र र सुनसरीको १६६ मतदान स्थलका ५८१ मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ । आयोगको तथ्याङ्क अनुसार सबैभन्दा कम मतदाता ७२ हजार ८ सय ९५ जना तेह्रथुम जिल्लामा छन् ५७ मतदान स्थलको ९५ केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।दोस्रो कम मतदा

ता हुने प्रदेश १ को जिल्लामा सोलुखुम्बु परेको छ, । सोलुखुम्बुमा ८० हजार १९ जना मतदाताले १३४ मतदान केन्द्र मार्फत मतदान गर्नेछन् । ताप्लेजुङमा ७३ स्थलको १२२ मतदान केन्द्र मार्फत ८९ हजार ६ सय ८० जना मतदाताले मतदान गर्दा पाँचथरमा १०१ मतदान स्थलको १७६ केन्द्र मार्फत १ लाख ८० हजार २२४ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । इलाममा २ लाख २४ हजार ७४८ जना मतदाताले २८५ मतदान केन्द्रमा मतदान गर्ने छन् ।

भोजपुरमा ८७ स्थल मार्फत १६० केन्द्रमा १ लाख २५ हजार ९२६ जना मतदाताले मतदान गर्ने छन् भने धनकुटामा १ लाख १५ हजार ९६४ जना मनदाताले ११८ स्थल मार्फत१५९ केन्द्रमा मतदान गर्दैछन् । खोटाङमा १ लाख ४३ हजार ७५२ जना मतदाताले १९४ केन्द्र मार्फत चुनावमा भाग लिँदैछन् । ओखलढुङ्गामा १ लाख १७ हजार ८५ जनाले १५० मतदान केन्द्रमार्फत र र उदयपुरमा २ लाख २३ हजार १३८ जना मतदाताले २५८ मतदान केन्द्र मार्फत मतदान गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *