मतदान गरेर फर्किनै लाग्दा मतदानस्थलभित्रै एक वृद्धको मृत्यु

२०७९ वैशाख ३० गते

काठमाडौँ । बैतडीमा मतदान गरेर फर्किँदै गरेका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए। आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर नपुग्नदै मतदाता भाट मुर्छा परेका थिए।
मतदानस्थलको द्वारमै मुर्छा परेर ढलेका उनलाई उपचार गर्न लैजान खोज्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित