पूर्वसभामुख महराद्वारा मतदान

२०७९ वैशाख ३० गते

फाइल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।
रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उनले मताधिकार प्रयोग गरेका हुन्। माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्।
माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित