नेपाली कांग्रेसद्वारा रूकुमपूर्वमा मतदान बहिष्कार

२०७९ वैशाख ३० गते

काठमाडौँ । नेपाली कांग्रेसले रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मा मतदान केन्द्रमा मतदान प्रक्रिया बहिष्कार गरेको छ।
कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेपछि हाल सो केन्द्रमा मतदान कार्यक्रम स्थगित भएको छ। हिजो बिहीबार माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटेको सन्दर्भ आचारसंहिता विपरीत रहँदारहँदै पनि कारबाही गर्न गरिएको आग्रह सुनवाइ नभएको भन्दै आज नेपाली कांग्रेसले मतदान बहिष्कार गरेको हो।
कांग्रेस जिल्ला सभापति केशरमान रोकाका अनुसार स्थानीयस्तरका कार्यकर्ता रुष्ट भई मतदान प्रक्रिया बहिष्कार गरेका हुन्।कार्यकर्ताहरूलाई मतदान नरोक्न आग्रह गरेको सभापति रोकाले बताए।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित