११३ वर्षीया वृद्धाद्वारा तनहुँमा मतदान

२०७९ वैशाख ३० गते

काठमाडौँ । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेका छन्।
पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। विसं १९६६ भदौ ६ गते जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन्। मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्। मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकी हुन्।
यसैबीच, जिल्लामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित