सप्तरीमा मतदान अधिकृत कुटिए, मतपेटिका फाेडेर कागजात च्यातियाे

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको-२ मा रहेकाे हरिरबा जनता मावि मतदान स्थलमा मतदान अधिकृत कुटिएका छन् ।

केही व्यक्तिकाे समूह मतदानस्थलमा पसी अधिकृतलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत ताेडफाेड र कागजातसमेत च्यातिदिएका हुन् । घट्नापछि मतदान स्थगित भएको छ ।

कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *