दैलेखको आठबीसमा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप, मतदान स्थगित
मकालु खबर
२०७९ वैशाख ३० गते
सुर्खेत । दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उक्त झडप भएको हो ।
कांग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।
कांग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ । अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखेर मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
मकालु खबर
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित