ललितपुर महानगरमा शनिबारदेखि मतगणना गरिने

२०७९ वैशाख ३० गते

काठमाडौँ । ललितपुर महानगरपालिकामा भोलि शनिबारदेखि मात्रै मतगणना सुरु गरिने जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार आज शुक्रबार मतपेटिका सङ्कलनको कार्य सकेर भोलि शनिबारबाट मतगणना सुरु गर्ने तयारी रहेको छ।
जिल्ला निर्वाचन अधिकृत गोमा धमलाले भोलि बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताउँदै भनिन्, ‘सर्वदलीय बैठकपछि शनिबार बिहानबाट मात्र मतगणना सुरु गरिनेछ।’

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित