काठमाडौँ महानगरको मतपेटिका सङ्कलनको क्रम अझै जारी

२०७९ वैशाख ३० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतपेटिका सङ्कलन हुने क्रम सुचारू रहेको छ।
अझै पनि मतपेटिका बुझ्ने क्रम जारी रहेको र सर्वदलीय बैठकसमेत बस्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृतले जनाएका छन्। सर्वदलीय बैठकपछि मात्र गणना कति बजे सुरु हुन्छ भनेर भन्न सकिने उनले जनाए।
मतपेटिका सङ्कलन कार्य नै सम्पन्न नभइसकेको अवस्था हुँदा मतगणना सुरु हुन अझै समय लाग्ने देखिएको छ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित