छोरालाई भोट हाल्ने अन्तिम इच्छा पूरा; मतदानको ५ मिनेटमै निधन

२०७९ वैशाख ३० गते

काठमाडौँ । जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ।
डोकोमा आएर मतदान गरेका खड्का छोरालाई भोट दिने अन्तिम इच्छा पूरा गरेर अस्ताएका हुन्। उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उम्मेदवार उठेका छन्।
मृत खड्काको अन्तिम इच्छा नै छोरालगायत अन्य उम्मेदवारलाई मतदान गर्ने रहेको उनका नाति रेशम खड्काले बताएका छन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित