धनगढीमा मतगणना गर्न सर्वदलीय बैठक बोलाइयो
मकालु खबर
२०७९ वैशाख ३१ गते
धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ ।
बिहान साढे ७ बजे सर्वदलीय बैठक बोलाइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनका अनुसार मतपेटिका संकलनलगायत प्रक्रियामा समय लाग्ने भन्दै शुक्रबार राति मतगणना गरिएको थिएन ।
तर मतगणना गर्न माग गर्दै युवाहरूले शुक्रबार राति १२ बजेदेखि नाराबाजी गरेका छन् । यसरी नाराबाजी गर्ने युवाहरूमाथि प्रहरीले राति लाठी चार्जसमेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मतगणनास्थलमा नाराबाजी हुन थालेपछि भिड नियन्त्रणमा लिन लाठी चार्ज गरेको बताएका छन् ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित