डडेल्धुराको अमरगढीमा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)
मकालु खबर
२०७९ वैशाख ३१ गते
डडेल्धुरा । डडेलधुराको अमरगढी नगरपालिकाको मतगणनामा नेपाली कांग्रेससले सुरुवातदेखि नै अग्रता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा कांग्रेसलाई एमालेसंग तालमेल गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।
७०५ मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन् । अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन् ।
डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएपछि असन्तुष्ट समूह नेपाली कांग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ । कांग्रेस ९वीपी०ले अमगरगढीसहित जिल्लाका विभिन्न पालिकामा एमालेसंग तालमेल गरेको छ ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित